काठमाडौं /
नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासँगै मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणा एमसीसीको अंग बन्नुपर्ने बताएको छ ।
‘यथास्थितिमा एमसीसी पारित नगर्ने पूर्ववत अडानमा हामी दृढ छौं,’ उपमहासचिव गंगालाल तुलाधरले भने, ‘हामीले प्रसतुत गरेका सरोकारका विषयहरु व्याख्यात्मक घोषणामार्फत ठोस रुपमा सम्बोधन गर्ने र त्यो एमसीसीको अंग बन्ने शर्तमा मात्र पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।’
संसदले गर्ने व्याख्यात्मक घोषणालाई अमेरिकाले अस्वीकार गरे मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) खारेज गर्नुपर्ने एकीकृत समाजवादीले बताएको छ ।