काठमाडौं/
नेकपा माओवादी केन्द्रका ५ नेताले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणा सहित अनुमोदन गर्ने निर्णयको विरोध गरेका छन् ।

केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने प्रस्ताव ल्याएका थिए ।छलफलका क्रममा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरा, लिलामणि पोखरेल र गिरिराजमणि पोखरेलले मात्र त्यसको विरोध गरेका छन् ।

श्रेष्ठले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्नु महाधिवेशनको निर्णय विपरीत हुने बताए। केन्द्रीय समितिमा पनि छलफल नगरी महाधिवेशनको निर्णय विपरीत जाने अधिकार कसैलाई नभएको भन्दै उनले भने, ‘यो संसदवादी, आत्मसुरक्षावादमा आधारित राष्ट्रिय आत्मसमर्पणवादी निर्णय हो ।’

देव गुरुङले संशोधन नगरी मूल सम्झौता पास गर्न नमिल्ने बताए ।उनले भनेका थिए, ‘यसले राष्ट्रिय आत्मसमपर्णवाद र गद्दारीको दिशातिर जान्छ ।यसले देशलाई दुर्घटनाबाट बचाउने होइन, झन् दुर्घटनारतिर लैजान्छ ।’

अर्का नेता कृष्णबहादुर महराले व्याख्यात्मक घोषणा संशोधन नभई सम्झौताकै व्याख्या भएको बताएका थिए ।

लिलामणि पोखरेलले यस्तो पार्टीमा नबस्ने बताए भने गिरीराजमणि पोखरेलले पार्टी र वाम आन्दोलनलाई सिध्याउने योजनामा सामेल हुनु गलत भएको बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय