
एजेन्सी/
रुसी सेनाले गरेको बम आक्रमणमा ७ जना युक्रेनीको मृत्यु भएको युक्रेन प्रहरीले जनाएको छ। ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको हमलामा छ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन्।
सो हमलामा १९ युक्रेनी हराइरहेका छन्। त्यस्तै, रुसी सेनाले मारियुपोल सहरमा गरेको अर्को हमलामा थप एक जनाको मृत्यु भएको छ। रुसी सेनाले रुस र बेलारुसको सीमाबाट आक्रमण गरेको एएफपीले जनाएको छ।
केही साताअघि मात्र रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरेका थिए। यसैबीच, रुसी सेनाले स्थलमार्गबाट पनि आक्रमण सुरु गरेको विवरणहरुमा जनाइएको छ।