सम्झिन्न ती घात चित्त बुझाउदै भन्न त होस् भन्छु
लाग्दैन निन्द्रा केही छैन, सिरानी नभिजोस भन्छु

सम्बन्धको छातीमा लात हानेर गएपनी कामना
उसका कोमल पैतालामा काँडा नबिझोस भन्छु

भन्न त के भनिन होला र भन्छु अझै अन्तिमसम्म
मेरो इच्छा मारेपनी उसको चाँहि पुगोस भन्छु

जे लेख्या छ निधारमा आखिर भोग्ने त्यही न हो
मै र , मेरो भाग्य उस्तो, नदिउँ अरुलाई दोष भन्छु

धेरै कुरा खोसी सकिस, म बाट भगवान तैलेपनी
किन राख्छस् एकमुठी सास, यो पनि खोस भन्छु

रोमु अधिकारी
झुम्का सुनसरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x