काठमाडौं / 
नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले एमसीसी सम्झौता अघि बढाए सरकार छोड्ने निर्णय गरेको छ।बुधबार बसेको माओवादी संसदीय दलको बैठकले राष्ट्रिय सहमतिबिना जबरजस्ति पास गर्न खोजे सरकार छोड्ने निर्णय गरेको हो ।

आज प्रतिनिधिसभाको बैठक दिउसो २ बजे बस्ने भएको छ ।प्रतिनिधिसभा बैठकअघि संसदको कार्यव्यवस्था बैठक पनि यतिबेला बसिरहेको छ ।सो बैठकले आजको संसद बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गर्ने बताइएको छ ।

उक्त बैठकअघि नै माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो ।उक्त बैठकले एमसीसी संशोधन र परिमार्जन नगरि पास गर्न नसकिने निश्कर्षमा पुगेको माओवादी केन्द्रले जनाएको छ ।

सत्ता गठबनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिदै आएको छ। तर सत्ता गठबन्धनकै घटक माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले भने कुनैपनि हालतमा यथास्थितीमा एमसीसी पास गर्न नसकिने अडान लिँदै आएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x