काठमाडौ /
नेपाली कांग्रेसका नेता पुर्व अर्थमन्त्री डा.रामशरण महतले एमसीसी अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रने बताएका छन् ।डा. महतले राष्ट्रको हितमा रहेको एमसीसी अनुमोदन नगरेर अमेरिकासँग सम्बन्ध बिगार्नतिर लाग्न नहुने बताएका हुन।

अमेरिका जस्तो शक्तिशाली देशले दिएको सहयोग लिनुपर्छ ।यो राष्ट्रको हितमा छ ।राष्ट्रको हित बिपरीत हामीले निर्णय गर्नु हुँदैन’, संसदीय दलको बैठकबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै महतले भने ।

डा. महतले एमसीसीले दिएको समय, १६ फागुनभित्रै अनुमोदन गराउनुपर्ने बताए ।‘दिएको सहयोग लिएन भनेर अमेरिकासँग सम्बन्ध बिग्रन सक्छ’ महतले भने, ‘साथसाथै नेपाललाई सबैभन्दा बढी विश्वास गर्ने मुलुकसँग सम्बन्ध बिगार्ने काम बिल्कुलै गर्नु हुँदैन ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय