
गाेरखा /
जिल्लाको मनकामना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।दिउँसो ४ बजेर ५४ मिनेटमा मनकामना आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।
उक्त भुकम्प २०७२ सालको गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का गोरखा, धादिङ र नुवाकोट सम्म महसुस गरिएको थियो ।भूकम्पका कारण कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।