त्रिशुली अस्पतालका २ जना डाक्टर सहित १५ जना स्टाफलाई कोरोना संक्रमण

वागमती समाचार स्वास्थ्य

नुवाकोट/
जिल्लाको त्रिशुली अस्पतालका २ जना डाक्टर सहित १५ जना स्टाफलाई कोरोना संक्रमण देखिएको छ। आज गरिएको कोरोना परिक्षणमा ७० जनामा २३ जनाको पोजेटिभ आएको हो।

पोजेटिभ पाएको २३ जना मध्य त्रिशुली अस्पतालका २ जन गाईनोलोजिस्ट सहित स्टाफ नर्स ,ल्याब टेक्निसियनमा लगायत  १५ जनामा कोरोना संक्रमण देखिएको मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए।

यो संख्या संगै नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६० पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *