धादिङ /
जिल्लाको दुर्गम गाउँपालिका रुविभ्याली – १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन्।  जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी जागेश्वर भण्डारीले बिहान करिब ८:३० बजेतिर बाटो खन्ने क्रममा माथिबाट सुख्खा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएको जानकारी दिए।

उनले भने,’ बाटो खन्ने क्रममा सु्ख्खा पहिरो खस्दा तीनजना बेपत्ता भएका छन्। बेपत्ताहरुको खोजिका लागि प्रहरी टोली घटनास्थल पुगिसकेको छ। अहिले पनि पहिरो खसिरहेकाले उद्दारमा कठिनाइ भइरहेको छ।’

डीएसपी भण्डारीका अनुसार दुईजना अपरेटर र एकजना साइट हेर्ने मान्छे पहिरोमा पुरिएका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x