
नुवाकोट /
कोभिड -१९ को रोकथाम तथा नियन्त्रणका लागि पूर्व निर्णयको प्रभावकारी कार्यान्वयन गर्न सम्बद्ध सम्पूर्ण पक्षसंग जिल्ला प्रशासन कार्यालय नुवाकोटले अपिल गरेको छ।हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८ रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरीएका कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी मापदण्डहरुलाई कडाईका साथ पालना गर्ने , गराउनको लागि सबै स्थानीय तहहरुलाई अनुरोध गरिएको छ।
सबै स्थानीय तह तथा स्वास्थ्य संस्थाहरुद्धारा निर्मित आइसोलेसन सेन्टरहरुलाई अद्यावधी गरी तयारी अवस्थामा राख्न स्थानीय तहहरुलाई अनुरोध गरिनुका साथै कोभिड १९ संक्रमण देखिएकाहरुलाई अनिवार्य आईसोलेसन सेन्टरमा राख्ने व्यवस्था मिलाउन भनिएको छ ।
उक्त आदेश बमोजिम २५ जना भन्दा बढी व्यक्तिहरु उपस्थित भई मेला , उत्सव जात्र तथा यस्तै भिडभाडजन्य गतिविधिहरु नगर्न नगराउन सबै स्थानीय तहहरु तथा सरोकारवालाहरुको समन्वयमा स्थानीय प्रशासनले जिल्ला भर रोक लागाउने निर्णय समेत गरेको छ ।
यस्तैगरी २०७८ माग ७ गते देखि सार्वजनिक स्थानहरू ( कार्यालय , होटल , रेस्टुरेन्ट , सिनेमा हल , रंगशाला , पार्क) आदीमा प्रवेश गर्दा अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्र प्रवेश पाउने व्यवस्था लागु गर्ने भएको छ।
यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका लक्षित समूहलाई पर्याप्त मात्रामा पुग्ने खोपको उपलब्धता तथा खोप लगाउने कार्यलाई स्वास्थ्य कार्यालयले स्थानीयतहहरु संग समन्वय गरी प्रभावकारी रुपमा कार्यान्वन गर्ने । स्थानीय तहहरुका वडाहरुमा रहेका CPG लाई सक्रिय बनाई परिचालित गर्ने निर्णय समेत गरेको छ ।