काठमाडौ /कोरोना संक्रमण रोकथामको लागि स्वास्थ्य मापदण्ड परिपालना गराउने तथा सतर्कता अपनाउने विषयमा सीसीएमसीको बैठक बसेको छ। आइतबार मध्यान्ह १२ बजे बसेको बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको बेला जनजीवनलाई कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा छलफल भएको छ। शुक्रबार प्रधानमन्त्रीसहित बसेको बैठककै निरन्तरताको रुपमा आज छलफल भएको हो।

अनावश्यक भीडभाड गर्न नदिने, स्वास्थ्य मापदण्ड परिपालना गराउने, खोप र पीसीआर परीक्षण दायरा बढाउने लगायत विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिए। उनले कोरोना संक्रमण बढिरहेको अवस्थामा सबैतिर भीडभाड बढेकोले त्यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा पनि छलफल भएको बताए। छलफलमा कोरोना संक्रमण दर बढे प्रमुख जिल्ला अधिकारीहरुले अत्याश्यक निर्णय गर्न सक्ने निर्णय पनि भएको छ।  त्यस्तै, भौतिक दुरी कायम गराउने, मास्कको अनिवार्य गर्ने, स्यानिटाजर प्रयोग गर्नेजस्ता स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने विषयमा पनि छलफल भएको छ।

सोहि सन्दर्भमा आइतबार बिहान उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले छुट्टाछुट्टै बैठक तथा छलफल गरेका थिए। सो क्रममा बिना मास्न ओहोर दोहोर नगर्न, भीडभाड नगर्न, भौतिक दुरी कायम राख्नलगायत निर्देशन जारी गर्ने सन्दर्भमा छलफल भएको छ। ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पनि कोरोना सक्रमण रोकथामको लागि आवश्यक छलफल गरेका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परिस्थिति अनुसार कडाई गर्ने छलफल भइरहेको बताइन्। ‘आज साँझ जिल्लाका सरोकारवाला निकायहरुसँग बैठक बस्दै छौं, बैठकमा कोरोना संक्रमण रोकथामकै विषयमा छलफल हुन्छ,’ उनले भनिन्, ‘स्वास्थ्य मापदण्डमा चाँही भोलीदेखि नै कडाई गर्छौं।’

ललितपुर प्रशासनले पनि, जिल्ला जनस्वास्थ्य कार्यालय, खोप समन्वय समिति, महानगरपालिका, प्रहरी परिसरलगायतसँग छलफल गरेको छ। पहिलो चरणमा स्वास्थ्य मापदण्डमा कडाई गरिने र संक्रमण दर तीब्र गतिमा फैलिए अन्य निर्णय गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए। ‘कोरोना संक्रमणको नियमित समिक्षा गरिरहेका छौं, अहिले नै लकडाउन वा धेरै कडाई गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पालनामा भने कडाई गर्छौ, खोप कार्यक्रमलाई पनि तीब्र गति दिन्छौं।’ उनले सीसीएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनका अनुसार आफूहरुले काम गर्ने तयारी गरेको जानकारी दिए।

पछिल्लो समय उपत्यका तथा देशभर ओहोरदोहोर गर्दा मास्क नलगाउने प्रवृति बढेको छ। सरकारी तथा सार्वजनिक स्थानहरुमा पनि भीडभाड बढिरहेको छ। केहिदिन यता कोरोना संक्रमण बढ्न थालेको छ। सोहि आधारमा प्रशासनले गम्भीरता देखाउन थालेका हुन्।नयाँ पत्रीकाबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय