नुवा
कोट ।
नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्विरोध निर्वाचित भएका छन् ।
बागमती प्रदेशका सांसद तथा पुर्व प्रदेश भूमि ब्यवस्थापन,कृषि तथा सहकारी राज्यमन्त्री समेत रहेका मैनालीलाई बट्टारमा जारी नेकपा एमाले नुवाकोटको सातौँ अधिवेशनले अध्यक्षमा सर्वसहमत रुपमा चयन भएका हुन् ।
यसअघि अध्यक्षमा एमाले नेता बुद्धि प्रधानले दाबी गेपनि अन्तिम समयमा आएर प्रधानपछि हटेका थिए ।
अधिवेशनले जिल्ला अध्यक्ष चयन अन्य पदहरुको टुङ्गीन बाँकी रहेको एमालेका एक नेताले जानकारी दिए ।