नुवाकोट /
वैदेशिक रोजगारको सिलसिलामा दुवईमा पुगेका नुवाकोट त्रिशुली लगायतका केहि अन्य जिल्लाका श्रमजीवी सक्रिय युवाहरुले सन् २०१२ मा स्थापना गरेको विशुद्द सामजिक संस्था त्रिशुली समाज युएईले पौष २२ गते तारकेश्वर वडा नं १,५,६ को विद्यालयहरुमा प्रत्यक्ष पुगेर १ लाख भन्दा बढीको आधारभूत शैक्षिक सामग्रीहरु तथा न्यानो लत्ता कपडा सहयोग हस्तान्तरण गरेका छन्।
सबैभन्दा पहिले श्री बाघ भैरव आधारभूत विद्यालय तारकेश्वर गा.पा. ६ डांडा खर्कामा प्र.अ. भगवती गिरि स्कूल व्यवस्थापन समितिका अध्यक्ष सुकराम तामाङ (शुरेस), साथै अभिभावकहरुको रोहबरमा विपन्न परिवार तथा अभिभावक गुमाएका विद्यार्थिहरु १० जना लाई हस्तान्तरण गरेको थियो।
क्रमश : श्री चक्रदेवी आधारभूत विद्यालय तारकेश्वर गापा ५ काप्रेमा प्र.अ. सन्तोष तामाङ, स्कूल व्यवस्थापन समितिका सदस्य गंगासिङ तामाङ, साथै अभिभावक हरुको रोहबरमा विपन्न परिवार तथा अभिभावक गुमाएका विद्यार्थिहरु १० जनालाई।
श्री भूमेदेवी आधारभूत विद्यालय तारकेश्वर गापा ५ निग्लेनीमा प्र.अ. मान ब तामाङ, स्कूल व्यवस्थापन समितिका अध्यक्ष गोरे तामाङ, साथै अभिभावक हरुको रोहबरमा विपन्न परिवार तथा अभिभावक गुमाएका विद्यार्थिहरु ९ जनालाई हस्तान्तरण गरेका थिए। सहयोगी संस्थाका संचार बिभाग प्रमुख पूर्ण तामाङले विद्यालयको व्यवस्थापन पक्ष गुणस्तरीय स्तरमा निकै फितलो रहेको पाएको र कमजोरी लाई अविलम्ब नगरी सुधार गर्नुपर्ने गुनासो गर्दै आक्रोस समेत पोखे।
श्री दाङसिङ माध्यामिक विद्यालय तारकेश्वर गापा १ दाङसिङमा प्र.अ. अजय कुमार शाह, स्कूल व्यवस्थापन समितिका सदस्य अमर तामाङ, साथै अभिभावक हरुको रोहबरमा विपन्न परिवार तथा अभिभावक गुमाएका ५८ जना विधार्थी भाईबहिनिहरुलाई त्रिशुली समाज युएईका संचार विभाग प्रमुख तथा मिडियाकर्मी पूर्ण तामाङ, त्रिशुली समाज युएईकाका का.स.स गणेश तामाङ, समाजकी पूर्व का.स.स. आईती तामाङको प्रत्यक्ष उपस्थितिमा एकैदिनमा ४ वटा विद्यालयमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन्
हस्तान्तरण कार्यक्रम संगै श्री दाङसिङ माध्यामिक विद्यालय तारकेश्वर गापा १ दाङसिङको प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका सदस्य अमर तामाङको सभापतित्वमा, त्रिशुली समाज युएईका संचार बिभाग प्रमुख पूर्ण तामाङको प्रमुख आथित्यतामा, समाजका का.स.स. गणेश तामाङ, पूर्व का.स.स. आईति तामाङ,दाङसिङ प्रहरी चौकी इञ्चार्ज युवक गिरि, नेकपा मावोवादी तार्केश्वरका अध्यक्ष, युवा नेता सोम ब. तामाङको विशेष आतिथ्यतामा,तथा सयपत्री युवा क्लबका अध्यक्ष एवं नेपाली कांग्रेस तारकेश्वर ५ का सह-सचिव, चन्द्रमान तामाङ, समाजसेवी, ललितमान तामाङ, मोन तामाङ, सन्तमान तामाङ लगायत समाजका अग्रहहरुको आतिथ्यमा विद्यालयले भव्य स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेका थिए ।
सोहि विद्यालयका शिक्षक सम्भु प्रसाद अधिकारीले संचालन गर्नुभएको कार्यक्रमको समन्वय भने रामहरी घिमिरेले गर्नुभएको थियो । सहयोगी संस्थाका प्रतिनिधि तथा सदस्यहरु, मिडियाकर्मी, अतिथिहरुलाई शिक्षकहरु र विद्यार्थीहरुले खादा ओढाई, फुल माला लगाइ ताली बजाएर शिष्टतापूर्ण स्वागत तथा सम्मान गर्नुभएको थियो।
कार्यक्रममा अतिथिहरुले विद्यालय व्यावास्थापन समिति तथा शिक्षक/ शिक्षिकाहरु, विद्यार्थीहरु, अत्यन्त मिचासिलो, स्वभाव अनुशासित, सभ्य सद्भावपूर्ण रहेको पाएको भन्दै खुलेर प्रसंशा समेत गरेका थिए । त्यस्तै गरी प्रमुख अतिथि पूर्ण तामाङले यस्तो सम्मान र अथाह मायाले अझै अर्को चोटी सहयोग गर्न उत्प्रेरित गराएको छ ।
यो माया , सद्भाव सम्मान मैले नभई सिंगो त्रिशुली समाज युएई ले पाएको हो मैले समन्वय र पहल मात्रै गरेका हु समाजका सबैको उतिकै अतुलनीय योगदान रहेको भन्दै समाजमा आवद्व निवर्तमान अग्रजहरु, वर्तमान कार्यसमितिका पदाधिकारीहरु, का.स.सदस्यहरु ज-जसले आफ्नो गाँस समेत काटेर समाजको लागि मानवीय सहयोग गर्नु भयो उहाँहरु सम्पूर्ण सहयोगी दाताहरुलाई हार्दिक आभार व्यक्त गरे ।