• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष जुवाखालबाट पक्राउ


    २०७८ पुष १८, आइतबार

    २०७८ पुष १८, आइतबार

    काठमाडौं /
    जाजरकोटमा एक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

    भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र नेपाली कांग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष शशी बुढा पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए ।

    भेरीनगरपालिका-४ गैरीखालीबाट आज बिहान तीन बजे उनीहरू पक्राउ परेका हुन् ।उनीहरूको साथबाट २ लाख ५२ हजार नगदसमेत बरामद भएको एसपी श्रेष्ठले बताए ।

    मिल्दो जुल्दो खबर