काठमाडौ /
धादिङ खनियाँबास -४ का लेखबहादुर तामाङ लागू औसध सहित पक्राउ परेका छन। उनलाई महानगरिय प्रहरी प्रभाग कोटेश्वरका प्रनि सुरेश राज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले नरेफाँट स्थित तरकारी बजार ईलाकाबाट पक्राउ गरेको हो।

हाल काठमाण्डौंको तारकेश्‍वर न.पा. ११ लोलाङ् बस्ने वर्ष ४६ को लेख बहादुर तामाङ्ग प्रहरी टोलीलाई देखी भाग्ने क्रममा तत्काल नियन्त्रणमा लिई शरीर खानतलासी लिने क्रममा उनले वोकेको खैरो रंगको झोलामा अवैध लागु औषध NOOPHIN, PHENERGAN , DIAZEPAM जम्मा ८९२ पीस लुकाई छिपाई राखी ल्याएको तथा उनको साथवाट युगान्तर मिडिया प्रा.लि को नाम र परिचय पत्रसमेत फेला पारेको छ।

उनलाई लागू औषध नियनत्रण ऐन २०३३ वमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

वरामद लागूऔषध :

सि.न लागूऔषधको नाम परिमाण
१) डाईजापाम – २८४ एम्पुल
२) फेनारगन – २९२ एम्पुल
३) नुफिन – २८६ एम्पुल
जम्मा = ८९२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x