नुवाकोट/
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चौथोपटक मन्त्री परिषद बिस्तार गरेका छन् ।यसै क्रममा कांग्रेस नेतृ कल्पना नेपाली बागमती प्रदेशको स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएकी हुन ।
शुक्रबार कांग्रेसको कोटामा ६ जना मन्त्री थपिदाँ नुवाकोटकी कल्पना पनि थपिएकी हुन ।उनी कांग्रेस महामन्त्रीमा पराजित डा प्रकाशशरण महत निकट मानिन्छिन ।
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार चौथो किस्ताको मन्त्रिपरिषद् विस्तार गरेर १८ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन ।पाण्डेले शुक्रबार कांग्रेसबाट ६ जना मन्त्री थपेका हुन ।
नेपाली कांग्रेसबाट शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य जोन्छेलाई नियुक्त गरिएको छ ।