• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    ९० वर्ष माथिका र अशक्त ज्येष्ठ नागरिकलाई अबदेखि घरमै वृद्धभत्ता


    २०७८ पुष ८, बिहिबार

    २०७८ पुष ८, बिहिबार

    काठमाडौ /
    सरकारले ९० वर्ष भन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घरमै वृद्धभत्ता पुर्‍याउने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गरेको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले यस्तो बताएकी हुन् ।

    मन्त्री रेग्मीले छिट्टै यो व्यवस्था लागु गर्न सरकारले कर्मचारीलाई निर्देशन दिने बताइन्। यो व्यवस्था लागू भएपछि ज्येष्ठ नागरिक भत्ता लिन स्थानीय तहको कार्यालयमै पुग्नु पर्दैन ।अहिले भत्ता स्थानीय तहले वडा कार्यालयबाट बाँड्दै आएका छन्।

    उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको हित हुने गरी विशेष कानुन निर्माण गर्ने बताइन्। रेग्मीले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि सिडमा मात्रै निर्भर नेपाल विशेष कानुन निर्माण गरेर विश्वको ध्यान आकर्षित गराउने प्रयत्नमा रहेको बताइन्।

    मिल्दो जुल्दो खबर