काठमाडौं ।
काम खोज्न होकि घुम्न ?सन् २०२१ को जनवरीयता ६५ हजार ६६३ जना नेपाली पर्यटक (भिजिट) भिसामा संयुक्त अरब इमिरेट्स -यूएई) गएका छन् ।यो तथ्यांक ११ महिनामा अध्यागमन विभागले राखेको हो।

वैदेशिक रोजगार विभागका अनुसार यही अवधि अर्थात् पुस २०७७ यता यूएईमा नयाँ श्रमिक भिसामा जान श्रम स्वीकृति लिने नेपालीको संख्या १९ हजार ६३२ मात्रै छ ।पछिल्ला दुई महिनामा करिब १५ सय मात्रै नेपाली श्रमिक भिसामा यूएई गएका छन् ।भिजिट भिसामा भने महिनामा औसत ५ हजार नेपाली यूएई पुग्दै छन् ।

अधिकांश नेपाली घुम्ने उद्देश्यले भिजिट भिसामा युएई नपुग्ने कुरा ‘ओपन सेक्रेट’ हो ।मानव तस्करहरुले रोजगारीको लोभ देखाएर पर्यटक भिसामा नेपाली युवालाई युएई पुर्‍याइरहेका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठ भिजट भिसामा युएई जानेमध्ये ९९ प्रतिशत नेपाली श्रमिक नै भएको बताउँछन् ।

‘हामीले भिजिट भिसामा श्रमिक पठाउने काम बन्द गरियोस् भनेर पटक-पटक ध्यानाकर्षण गरायौं,’ उनले भने, ‘तर, कोही पनि त्यसका लागि तयार भएनन्, भिजिट भिसमा युएई जानेको संख्या झन्-झन् बढ्दो छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय