नुवाकोट ।
जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर -३ राहुटार स्थायी ठेगाना भएका सुमन थापाको तलाखुमा विभत्स हत्या भएको छ ।राहुटारका भिमसेन थापाको २० वर्षीय छोरा सुमन थापाको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
पन्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डिल्लीबहादुर थापाका अनुसार हत्या गरिएको थापा तलाखु – काठमाडौं संचालित बसको सहचालक हुन ।हत्या गरी फालिएको अवस्थामा शव स्थानीयले देखी प्रहरीलाई खबर गरेका थिए ।रोकी राखेको बस र सडकमा रगत देखिएको र शरीरभरी रगत र चोटपटक देखिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ