नुवाकोट।
नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिका लागि भएको मतदान पुनः दोहोर्याउनुपर्ने भएको छ। शनिबार भएको निर्वाचनमा कुनै पनि उमेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि फेरि मतदान गर्नुपर्ने भएको हो।

कांग्रेसको निर्वाचन समितिका अनुसार शनिबार भएको मतदानमा बागमती प्रदेश सभापति पदका उमेदवार इन्द्र बानियाँले ९९२ र उनका प्रतिस्पर्धीहरू जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन्।

अब दोस्रो चरणमा पहिलो र दोस्रो बढी मत ल्याउने उमेदवारबीच मात्र प्रतिस्पर्धा हुनेछ।

शनिबार हेटौँडामा सम्पन्न मतदानमा कूल २ हजार १५१ मतदातामध्ये २ हजार ८३ मत खसेको थियो। शनिबारै मध्यरातिदेखि मतगणना सुरु गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x