नुवाकोट। नेपाली कांग्रेस क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा ध्रुव श्रेष्ठ विजयी भएका छन् ।केहीवेर अघि सम्पन्न भएको मतदानमा आफ्ना निकटतम प्रतिद्धन्दी विषम रिमाललाई एकसय २४ मतान्तरले पराजित गर्दै श्रेष्ठ सभापतिमा विजयी भएका हुन् ।

श्रेष्ठले ५ सय ११ मत प्राप्त गर्दा विषम रिमालले ३ सय ८७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै सचिवमा शिव गुणी र जगदीश कुइकेलले जित हात पारेका छन् । गुणीले ४ सय ७६ मत प्राप्त गर्दा कुइकेलले ४ सय ४१ मत प्राप्त गरेका हुन ।

सचिवमा पराजित भएका लालबहालुर तामाङले ४ सय २२ मत प्राप्त गर्दा विकेश पण्डितले ३ सय ४५ मत प्राप्त गरे ।

सभापतिमा विजयी भएका श्रेष्ठ र गुणी महत पक्षका हुन् भने कुइकेल केसी पक्षका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय