काठमाडौं ।
प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएको कानून व्यवसायीहरुले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कानुन व्यवसायीहरुले उनलाई माफी माग्न सनेत आग्रह गरेका छन् ।
सर्वोच्च अदालत परिसरमा बिहीबार प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो ।उक्त बल प्रयोगबाट घाइते भएका बार अध्यक्ष श्रेष्ठलाई अस्पताल
लैजाँदै गरेको प्रदर्शनस्थलमा माइकिङ गरेर कानून व्यवसायीहरुले जानकारी दिएका छन् ।
प्रहरीको घेरा तोड्न खोजेपछि कानून व्यव सायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषि राम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारील लगायत भुइँमा लडेका थिए ।
उनीहरुमाथि प्रहरीले हातपात गरेको कानून व्यवसायीहरुको भनाइ छ । एकजना सिपाहीको हातमा चोट लागेको छ ।
शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका छन् ।