
आयल निगम भित्र
मुसा मार्न खटाइएका बिरालाे
जब मुसा सँग नै साठ गाठ गरि
मुसा मार्न छाडिदिन्छन
मालिककाे सवारिमा
म्याउ म्याउ गर्दै
यसेा खुट्टा चाटिदिन्छ बिरालाे र
खुसि भै मालिक
केही हड्डिका टुक्रा फ्यालिदिन्छन
काम नलाग्ने त्यहि बिरालेालाइ
पिठ्युमा स्याबासीका धाप दिएर
बिरालेा भन्छ
मालिककाे असीम क्रृपा मै माथि नै छ
त मुसेा जति सक्छस
भित्र भित्रै खाेक्रेा बनाइ दे
म नदेखे झै गर्छु
पिउनै पर्छ सरकारि तेल
धुजा धुजा बनाउनु पर्छ
सरकारी स्वामित्वका कम्पनीहरू
नत्र कसरी बल्छ र
गरिवका झुपडीहरू भाेकले नजले सम्म
मालिकका महलमा चुलेा
हिम्मत कहाँ छ र मालिकमा
त्येा आएल निगम भित्रकाे
मुसेा मार्न सक्ने
बिरालाेलाई खटाउने
उता मुसाे भने उल्टै काटिदिन्छ
झुपडिका कपडा र
रूवाइ दिन्छ मजदुर र किसानलाई
मालिक खुसि
यता बिरालेा लागेकै छ पछि
म्याउ म्याउ गर्दै
उता मुसा पनि खुसि छ
उस्काे सिकार गर्ने तागत कहाँ छ र
मालिककाे क्रृपाले ढाडिएकाे त्येा बिरालेा मा
प्रश्न एउटै छ यहाँ
महङ्गीले दैनिक जीवन यापन गर्न नसक्दा
जब प्रेट्रेालकाे भाउ बढ्छ
संग संगै दैनिक गुजाराकाे सामग्रीकाे पनि
त्यसरि नै मूल्य वृद्धि हुदा
ओ आयल निगम
त भनेे सधै किन घाटामा ?
रुपा थापा
नुवाकोट