आखाँहरू त निदाउन खोज्छन्
यादहरूले नै सताउन खोज्छन्
तपाईं लडेपनि लडेँ नभन्नु होला
सुन्नेहरू जति रमाउन खोज्छन्
दुनियाँलाई नराम्रो देख्छ दुनियाँ
आफैलाई राम्रो बनाउन खोज्छन्
मौन बसेकाछन् भोका पेटहरू
ओठले हाँसो देखाउन खोज्छन्
न्यायलयलाई अन्याय भएको छ
अपराधीहरूलाई लुकाउन खोज्छन्
जीवन पढ्नेहरू जति थाकिसके
किताब पढ्नेले पढाउन खोज्छन्
यात्रा पनि अनौठोको हुँदो रहेछ
अञ्जान यात्रीहरू आउन खोज्छन्
जिवित हुँदा गरे, जयजयकार हुन्थ्यो
चितालाई पनि सजाउन खोज्छन्
समाज अझैसम्म जहाँको तहीँ छ
बेरङ्गी लाई नै रङ्याउन खोज्छन्
सिधा औँलाले घ्यु आउन्न भन्दिनु
जो कोहीले औंला नुघाउन खोज्छन्
हरेक बर्ष पानी परेर छानो चुहिन्छ
गरीबले हरेक बर्ष छाउन खोज्छन्
अम्बिका कार्की
चितवन