काठमाडौ।
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि तिहार पछि नेपाल आउने भएको छ।परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार मंगलबार बिहान कोप-२६ सम्मेलनस्थल ग्लास्गोमा भएको साइड लाइन वार्ताका क्रममा मो दी तिहार लगत्तै नेपाल भ्रमणमा आउने समझदारी बनेको हो।

विगतको परम्परालाई तोड्दै देउवाले भारतीय प्रधा नमन्त्रीलाई पहिले नेपाल भ्रमणको निमन्त्रणा दिनु भएको छु, परराष्ट्रका एक अधिकारीका अनुसार प्रधानमन्त्रीको निम्ता अनुसार तिहारपछि मोदी नेपाल आउनु हुनेछ।

मोदीको नेपाल भ्रमणपछि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने ती अधिकारीले बताएका छन्।

भारतीय प्रधानमन्त्री मोदी तिहार लगत्तै नेपाल आइ सकेपछि प्रधानमन्त्री देउवा भारत भ्रमणमा जानु हुन्छ, परराष्ट्रका एक उच्च अधिकारीले भने, दुई नेताबीच आपसी सहयोग र समझदारी अझै बढाउँदै जाने पनि सहमति भएको छ।

यसअघि नेपालका प्रधानमन्त्रीहरु सामान्यतया नि कट सम्बन्ध रहेको भारतबाटै विदेश भ्रमणको सिल सिला सुरु गर्थे। तर भारतले निम्ता नदिएको अव स्थामा देउवाले कोप-२६ मा सहभागी हुँदै बेलायत बाट विदेश भ्रमण सुरु गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय