नुवाकोट ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल लिखु गाउँपालिका र रास्ट्रीय जनजाती खेलकुद महासंघद्वारा आयोजित प्रथम खुल्ला १० किमि दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ कालिकोटका सन्तोशनाथ योगि र महिलातर्फ सोलुखुम्बुकी सृजना कुलुङ राईले हात पारेकी छिन् ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

उक्त प्रतियोगिताको पुरुषतर्फ दोस्रो स्थान गोरखाका निरज भट्ट र नुवाकोटका निरज राईले तेस्रो स्थान हात पारेका छन ।

यस्तै महिलातर्फ काठमाडौंकी सरिता रम्तेल र काठमाडौंकै सोनु घतानी तेस्रो भएकी छिन् ।

प्रतियोगिताको उद्घाटन नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य डा. भिम लाल तामाङ जसपा नुवाकोटका अध्यक्ष इश्वरकुमार राउत , राष्ट्रिय कृतिमानी धावक बैकुण्ठ मानन्धर , लिखु गाउँपालिकाका अध्यक्ष अध्यक्ष धुब्र श्रेष्ठ लगायतले संयुत्त रुपमा उद्घाटन गरेका थिए ।

उक्त प्रतियोगितामा सहभागि हुन देशभरबाट रााष्ट्रिय धावकहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय