• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    एमसिसी जस्ताको त्यस्तै संसदबाट पारित हुन्छ – प्रधानमन्त्री देउवा


    २०७८ कार्तिक ५, शुक्रबार

    २०७८ कार्तिक ५, शुक्रबार

    नुवाकोट।
    प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी संसदबाट जस्ताको त्यस्तै पारित हुने बताएका छन्। धनगढीमा शुक्रबार बिहान भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमसिसी विनासंशोधन पारित हुने बताएका हुन्।

    संशोधन हुन्छ कि जस्ताको त्यस्तै पारित हुन्छ भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘संशोधन गर्नुपर्ने केही छँदै छैन।’ एमसिसीबारे झुटाे प्रचार भइरहेको दाबी समेत उनले गरे।

    एमसिसीमा नेपालकै कानुन लागू हुने अमेरिकाले भनिसकेकाे उनले बताए। ‘कसैले सित्तैमा दिन्छु भन्दा पनि चाहिएन भन्छन्,’ भन्दै देउवाले असन्तुष्टि व्यक्त गरे। ‘एमसिसीबारे झुटाे प्रचार भइरहेको छ। संशोधन गर्नुपर्ने केही छैन,’ उनले भने।

    वर्ल्ड बैंक, एडिबीजस्ता दातृ निकायले दिने ऋणमा अन्तर्राष्ट्रिय कानुन लागू हुने भए पनि एमसिसी अनुदान भएकाले नेपालकै कानुन लागू हुने उनको भनाइ थियो। ‘वर्ल्ड बैंक, एडिबी छ नि नेपालको कानुन उनीहरूमा लागू हुँदैन। झगडा परे अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ,’ देउवाले भने, ‘ऋण हो त्यो। एमसिसी त अनुदान हो। नेपालको कानुन लागू हुन्छ। नेपालको कानुन नै एमसिसीभन्दा माथि हुन्छ उनीहरूले भनिसके। नेपालकै कानुनभन्दा तल हो एमसिसी भनिसके।’

     

    मिल्दो जुल्दो खबर