भारत।
गुजरातमा ७० वर्षीया महिलाले पहिलो सन्तान जन्माएकी छन् ।पश्चिम गुजरातको कुचकी वाल्जीभाइ रबारीले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

वाल्जीभाइ र उनका श्रीमान् ७५ वर्षीय जिभुनबेन रबारीले पहिलो सन्तान स्वरुप गत महिना छोरालाई जन्म दिएका हुन् ।

इन विट्रो फर्टिलाइजेसन प्रक्रियामार्फत गर्भ बसालेको र सी सेक्सनमार्फत ८ महिनामा उनको सुत्केरी गराइएको हर्ष आइभीएफ सेन्टरका डा. नरेश भानुशालीले बताएका छन् ।शिशु र आमा दुवैको स्वास्थ्य स्वस्थ रहेको बताइएको छ ।

करिब ४५ वर्षअघि बिहे गरेको सो दम्पतीले सन्तान सुख पाउन सकेका थिएनन् ।सन्तानको रहर पूरा गर्न सो दम्पतीले करिब दुई दशकसम्म विभिन्न कोसिस गरेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् ।

बुढो उमेरमा पहिलो बच्चा जन्माउने वाल्जीभाइ संसारको पहिलो महिला हुनसक्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।यसअघि स्पेनकी म्यारिया डेल कार्मेन लाराले ६६ वर्षको उमेरमा जुम्ल्याहा सन्तान जन्माएर विश्व रेकर्ड राखेकी थिइन् ।

यद्यपि, सन् २०१६ मा विवादित ओभरी प्रत्यारोपणमार्फत इटालीकी एन्टोलिया भर्टेडेलाले १०१ वर्षको उमेरमा ९ पाउन्डको शिशु जन्माएको वल्र्ड रेकर्ड एकेडेमीले जनाएको छ।यो समाचार अन्नपूर्ण पोस्टमा छ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय