काठमाडौ।
मध्यपहाडी राजमार्गको सिन्धुली खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । गोलन्जोर गाउँपालिका–६ हैबारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्काेट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।मङ्गलबारदेखि सडक अवरुद्ध भए पनि सडक सञ्चालन नहुँदा सवारी साधन तथा हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुरलगायतका जिल्लाबाट दसँै सकेर राजधानी फर्केका तथा दसँैको अन्तिममा आफन्तजनकोमा आशिर्वाद थाप्न हिँडेका यात्री वर्षाका कारण बीच बाटोमै अलपत्र परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x