नुवाकोट ।
नुवाकोटको किस्पाङ गाउँपालिका अन्तर्गत भाल्चेमा बस दुर्घटना हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।

भाल्चेबाट काठमाडौंका लागि छुटेको बा ४ ख ५७६२ बस किस्पाङको वडा नं ५ स्थित भुमेस्थानमा सोमबार बिहान करिब १० बजेर ३० मिनेट जाँदा पल्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।घटनास्थलमा उद्धार कार्य चलिरहेको छ ।घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बसमा कति जना सवार थिए भन्ने एकीन भइसकेको छैन ।किस्पाङ गाउँपालिकाले बस दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि त्रिशूली अस्पताल पठाइएको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x