एजेन्सी ।
अफगानिस्तानमा गरीबीको चपेटमा परेका अभिभावकहरू ऋण तिर्न आफ्नै छोराछोरी बेच्न बाध्य भएका छन् ।

‘द वाल स्ट्रिट जर्नल’को नयाँ रिपोर्टका अनुसार पश्चिमी क्षेत्रमा बस्ने, सरसफाइको काम गर्ने ४० वर्षीया सलेहाले अहिले आफ्नी ३ वर्षीया छोरी ५५० डलरमा बेचेका छन् ।उनले ऋण लिएको व्यक्तिलाई आफ्नी ३ वर्षीया छोरी बेचेकी हुन् ।

रिपोर्टका अनुसार उनले ५५० डलर तिर्नुपर्ने थियो ।तर, उनले दैनिक ७० सेन्ट मात्रै कमाउँछन् ।उनका पति बेरोजगार बसिरहेका छन् ।आफू भोकभोकै सुत्ने गरेकी पनि बताएकी छन् ।

उनी भन्छिन्, ‘यदि जीवन यत्तिकै पीडादायी रहिरहने हो भने म बच्चासँगै आत्महत्या गर्नुपर्ने स्थिति आउनेछ ।आज राति हामीले केही पनि खाएको छैन । छोरीको जीवन बचाउन म पैसा खोज्ने प्रयास गरिरहेकी छु ।’

उनले ऋण लिएका व्यक्ति खलिद एह्मदका अनुसार ऋण सुल्झाउन उनले ३ वर्षीया छोरी लिनैपर्ने भएको हो ।उनी भन्छन्, ‘मसँग पनि त पैसा छैन ।र उनीहरुले तिर्न सकिरहेका छैनन् ।त्यसैले मसँग छोरी लैजानु बाहेक कुनै विकल्प छैन ।’

गत महिना संयुक्त राष्ट्र संघले तालिबानको अचानक नियन्त्रण पश्चात् अफगानिस्तान अधिकतम गरीबीतर्फ मोडिरहेको चेतावनी दिएको थियो । यूएनडीपी एसिया–प्यासेफिकका निर्देशक कन्नी विग्नराजाका अनुसार अबको एक वर्ष भित्रै अफगानिस्तानमा गरिबीको दर बढेर ९७ देखि ९८ प्रतिशतसम्म पुग्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय