काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा अचानक समस्या भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गराइएको हो ।

वैद्यलाई दम बढेको बताइएको छ ।स्वास्थमा समस्या बढेपछि आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको र उनको छातीको एक्सरे लगायत जाँच गरिएको जनाइएको छ ।छातीमा सामान्य दागसमेत देखिएकोले त्यसैमा केन्द्रित रहेर उपचार गरिएको जनाइएको छ ।

उमेरले समेत वृद्धावस्थातिर ढल्किएका नेता वैद्य लामो समयदेखि दमको समस्याले पीडित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x