इटहरी।
शनिबार राति सुनसरीको धानखेतमा हेलिकप्टरले आकस्मिक अवतरण गरेको छ ।काठमाडौंबाट विराटनगर आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर आकस्मिक अवतरण गराइएको हो।

इनरुवाको सखुवागाछी भन्ने स्थानमा अवतरण गरिएको उक!हेलिकप्टरमा चालक दलका सदस्य सहित ४ जना सवार रहेको थिए ।ती सबै सुरक्षित रहेको सुनसरी प्रहरीले जनाएको छ ।

विराटनगर एयरपोर्टले ल्याण्डका लागि अनुमति नदिएपछि धानखेतमा आकस्मिक अवतरण गरेको बताइएको छ ।हेलिकप्टर ल्याण्ड गर्ने बेलामा दुर्घटनामा पर्न लागेजस्तो देखिएको स्थानीयले बताएका छन् ।पछि धानखेतबाट चउरमा हेलिकप्टर सारिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x