
नेपालगन्ज।
काठमाडौंबाट सुर्खेतको लागि बुधबार बिहान उडेको बुद्ध एयरको जहाज त्यहाँ अवतरण हुन नसकेपछि नेपालगन्ज विमानस्थलमा अवतरण गराइएकाे छ।
मौसम खराबीका कारण सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगन्जमा अवतरण गर्नुपरेको सुर्खेत विमानस्थल स्रोतले जनाएको छ।
सुर्खेत पुगिसकेको जहाज बाक्लो बादलका कारण त्यहाँको विमानस्थलमा अवतरण गर्न नसकेपछि नेपालगन्जको विमानस्थलमा अवतरण गराइएको हो। बादल कम भएपछि जहाज पुनः सुर्खेत लगिने विमानस्थल स्रोतले जानकारी दिएको छ।
सुर्खेतका लागि काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट बुधबार बिहान ८ बजेतिर उडेको बुद्ध एयरको यु ४–१३३ फ्लाइट नम्बरको जहाज सवा ९ बजे सुर्खेत पुगेको थियो। तर मौसमका कारण त्यहाँ अवतरण हुन नसकेपछि नेपालगन्ज लगिएको हो।