
काठमाडौ।
५ लाख रुपैयाँ सापटिको रकम तिर्न नसक्दा भक्तपुरमा एक पुरुषले उनकी श्रीमतीलाई नै बन्धक बनाएका छन।
प्रहरीका अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिले भक्तपुरका धीरज श्रेष्ठसँग दुई वर्षअघि पाँच लाख रूपैयाँ सापटी लिएका थिए ।जति पटक पैसा मागेपनि उनले दिएनन् ।
आफूले दिएको पैसा पाउने छाँट नदेखेपछि श्रेष्ठले ती व्यक्तिको श्रीमती उठाएका हुन् ।उनले ति ब्यक्तिको श्रीमतीलाई ट्याक्सीमा हालेर भक्तपुरको बोडे पुर्याएका थिए ।त्यसपछि उनले ‘पैसा लिएर आइज, तेरो बूढी लैजा’ भनेको प्रहरी स्रोतले जनाएको छ ।
बन्धक बनाएको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा भक्तपुरका धीरज श्रेष्ठ छन् ।
रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चुक्ता गर्न सकेनन् ।आफूले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतीलाई घरबाटनै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर उनलाई पैसा लिएर आइज भन्दै फोन गरेको प्रहरीले जनाएको छ ।
लेनदेनको विषयसँग प्रहरीलाई सरोकार भएन, बन्धक बनाएको कसूरमा मुद्दा चल्छ, प्रहरीले भन्यो ।यसबारे थप अनुसन्धान भइरहेको छ ।