
नुवाकोट।
सुर्यगढी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष भैरव अधिकारी जुवाखालबाट रंगेहात पक्राउ परेका छन् ।उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोलिले बिनपा ५ गंगटेबाट पक्राउ गरेको हो।
अन्य ८ जना पनि पक्राउ परेका छन् भने उनीहरुको साथबाट ३ लाख ५२ हजार एकसय ६० रुपैयाँ नगत समेत वरामद गरेको छ ।
उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका अधिकारी नेकपा माओवादी केन्दको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।