खुलम खुल्ला हिडिरहेछन् लुटेराहरु
कुनै डर त्रासविना हाम्रो वरिपरि
तर
हामी चिन्दैनौ सजिलै ती लुटेराहरुलाई
कहिले आफ्ना बनेर आउँछन्।
कहिले आफन्त बनेर
लुटेराहरुका भेष फरक छ
रुप फरक छ।

चिन्न मुश्किल छ उस्का रुपहरु
सजिलै हेर्दा सुन्दर निष्पाप देखिने अनुहारहरु
छेउमा बसेर कतै विश्वास लुटिन्छ
कतै माटो नै खास लुटिन्छ
लुटिई सकेपछि
बल्ल लुटेरा चिनिन्छ यहाँ
तर अपशोच
समयले सिमा पार गरिसकेको हुन्छ।
लुटेराहरु फरार भईसक्दा यहाँ ।

अचेल लुटेराहरुले तहल्का मच्चाईरहेछन्
हाम्रा आँखै अगाडी।
हामी मौन छौ नतमस्तक छौँ
लुटेराहरुले कतै वृद्ध भनेन नावालिका भनेन
आमा भनेन श्रीमती भनेन
न दाजुभाई अनि नत देश नै भन्यो
लुट्न पाए सम्म लुटिरहनेछ।

खालिपेटबाट आन्द्रा भुडी लुट्नेछ
सबैका आँगन पिढि लुट्नेछ
अनि त्यो रात लुट्नेछ
अनि त्यो दिन लुट्नेछ।

अन्तिममा आफ्ना श्वास लुट्नेछ
आफैबाट आफ्नै विश्वास लुट्नेछ
अनि लुट्दा लुट्दै थकित भई
संसारबाट उठ्नेछन् लुटेराहरु।

भगवती खनाल (सुनाखरी)
नुवाकोट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय