नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङमा “बागमती प्रदेश स्तरीय कराते प्रतियोगिता २०७९” को उद्घाटन भएको छ। म्यागङ गाउँपालिका प्रमुख आशा तामाङको प्रमुख आतिथ्यता र म्यागङ -५ का वडा अध्यक्ष जितबहादुर तामाङको बिशेश आतिथ्यतामा उक्त प्रतियोगिताको उद्घाटन गरिएको हो।


“सामरी कल्लाबारी डोजो”को आयोजनामा उक्त प्रतियोगिता भैरहेको छ। प्रतियोगिता आज असोज २५ गते र २६ गते दुईदिन सम्म चल्नेछ।
बागमती प्रदेशका ८ जिल्लाका १० टिमको सहभागीता रहेको खेल संयोजक गणेश तामाङले बताए ।


