यो मन त तिमीमै आशक्त भो
तिम्रै भाव-स्वभावको भक्त भो।

तिम्रो संझना श्वास बनी छिर्छ
नसा-नसामा तिम्रो नशा रक्त भो।

यो मन कोर्छ मात्र तिम्रै चित्र
दुनियाको वैभव देखि बिरक्त भो।

तिमी आउनु आशा पलाउनु
नआउनुको भाव अभिषप्त भो।

प्रेम बाहेक अरू के नै छ र पाउन
भाव जो थियो मनमा,अभिब्यक्त भो।

मदन अधिकारी
धनुषाधाम नगरपालिका-४,सर्सा,धनुषा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय