आज २०८१ साल असार १० गते सोमबारको राशिफल।

मेष : रोकिएका काम दोहोर्‍याएर गर्दा फत्ते हुनेछ। शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ। वस्त्रलाभ हुन सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७७, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ८० र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

वृष : दैनिक कार्यमा प्रगति हुनेछ। नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ। प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धुबान्धवबाट सहयोग हुनेछ। वाहन सुख मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ८०, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

मिथुन : अरूको लागि दौडधुप गर्नु पर्नेछ। ढिपीका कारण काम बिग्रने डर छ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो भने प्रेम र सम्बन्धमा ४१, व्यापारमा ३३, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

कर्कट : नयाँ काममा हात हाल्ने समय छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। शुभकार्यमा सहभागिता जनाइनेछ। पारिवारिक भेटघाटमा मन रमाउनेछ। विद्या र बुद्धिको विकास हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४६, व्यापारमा ६५, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ६५ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

सिंह : लाभहानि, आयव्यय, सुखदुःख बराबरी खालको समय छ। मनमा सेवा र सहयोग भाव आउला। कला, गला र सांस्कृतिक क्षेत्रको प्रभाव बढ्दै जानेछ। विशेष यात्रा पनि हुन सक्छ। आहारविहारप्रति भने सजग रहनु पर्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ४९, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ६२ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

कन्या : आँटेको कार्य पूरा हुनेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिन्छ। रमणीय र सुखद यात्राको योग छ। व्यापार-व्यवसायमा उन्नतिका साथै आर्थिक वृद्धि हुने देखिन्छ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।
भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६१, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ६२ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

तुला : यात्रामा सावधानी अपनाउनु पर्नेछ। आफूले ठिक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि नमिल्ला। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। झै-झमेलाको अवस्था आउन सक्छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ५१, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

वृश्चिक : दिन भाग्यशाली भएर देखा पर्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक, सांस्कृतिक, दान पुण्य जस्ता कार्यमा सहभागी भइनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ।
भाग्यशाली रङ कालो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६२, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

धनु : धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। पारिवारिक भेटघाटमा रमाइनेछ। प्रेमी/प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न हुनेछ। मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। तार्किक क्षमता बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

मकर : धार्मिक यात्राको योग छ। सामाजिक कार्यमा रुचि बढ्नेछ। कृषि र उत्पादनमूलक कार्य सहजै अघि बढ्नेछ। आकस्मिक धनलाभ हुनेछ। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। वैदेशिक कामबाट सफलता मिल्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

कुम्भ : मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। उच्च महत्वकाङ्क्षाले चुनौती र झमेला आउने देखिन्छ। लाभदायक यात्रा हुन सक्छ। खानपिनप्रति सजग रहनुका साथै स्वास्थ्यको ख्याल गर्नुहोला।
भाग्यशाली रङ सेतो हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

मीन : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेमको बन्धन कसिने बेला छ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। नयाँ ज्ञान सिक्ने मौका र रोजगारीको अवसर मिल्नेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ८३, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय