
नुवाकोट /
जिल्लाको म्यागङ -५ सामरी भञ्ज्याङ्को “सामरी मारुनी नाच” दोस्रोपटक पनि बागमती प्रदेशमा प्रथम भएको छ। रसुवाको उत्तरगयामा लाङटाङ एफएमले आयोजना गरेको मारुनी नाच प्रतियोगितामा प्रथम भएको हो।
रक्षामन्त्री मानविर राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा ६ समुहको सहभागिता रहेकोे थियो ।
उक्त प्रतियोगितामा प्रथमस्थान हासिल गर्न सफल “सामरी मारुनी नाच” समुहले २५ हजार नगद प्राप्त गरेको छ भने सरस्वतीदेवि मारुनी नृत्य समूह द्वितीय भएको छ ।उक्त मारुनी समूहले २० हजार नगद प्राप्त गरेको छ।
यस्तैगरी कालिका भजन समुह तृतीय भएको छ। सामरी मारुनी नाच गतवर्ष पनि प्रथम भएको थियो।