पोखर भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ। उनलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो।

अर्थमन्त्रीको सचिवालयका अनुसार पौडेलको हात र अनुहारमा चोट लागेको छ। उनलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिनेछ।

प्रेस सल्लाहकार भुवन केसीले भने, ‘चोट सामान्य छ । तर, थप केही असर नपुगोस् भनेर एक पटक जाँच गराउन अस्पताल लैजान लगिएको हो।’

यसअघि पौडेलको गण्डकी अस्पतालमा उपचार गरिएको थियो। भ्रमण वर्ष लेखिएको ब्यानरसहितको बेलुक पड्किँदा पोखरा महानगरपालिका मेयर धनराज आचार्य पनि घाइते भएका छन् ।उनलाई पनि काठमाडौँ लैजाने तयारी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय