धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रित्तो गाग्री प्रहरीले खोसेपछि खाली हात सिंहदरबार प्रवेश गरेका छन्।

धरानलाई खानेपानी माग्दै काठमाडौं आएको मेयर साम्पाङ खानेपानी मन्त्री भेट्न सिंहदरबार पुगेका हुन् ।

हिजो साम्पाङ धरानबाट रितो ग्राग्री बोकेर काठमाडौं आएका थिए।

धरानका स्थानीयबासीले लामो समयदेखि भोग्दै आएको खानेपानी समस्यालाई समाधान गर्न मेयर साम्पाङले आफ्नो कार्यकालभरि प्राथमिकतामा राखेका छन्। मेयर निर्वाचित हुनु अघि नै खानेपानी मुद्दालाई मुख्य एजेन्डा बनाएका साम्पाङ आफ्नो भूमिकामा सक्रिय रूपमा काम गरिरहेका छन्।

साम्पाङको यो कदमले केन्द्र सरकारको ध्यान आकर्षित गर्न खोजिएको हो। खानेपानीको समस्या समाधानका लागि उनले यसअघि पनि विभिन्न अभियान चलाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x