
काठमाडौ /
नोबेल साकोस साहित्यिक संस्थाले साहित्यकार एबं गजलकार धरहरा अभियन्ता ध्रुबप्रसाद गजुरेललाई विशेष उपाधी सहित सम्मान गर्ने भएको छ।
काठमाडौंको बानेश्वर स्थित रत्न पुस्तकालयमा भएको एउटा साहित्यिक कार्यक्रममा कार्यक्रम संचालक एबं नोबेल साकोस साहित्यिक संस्थाका संयोजक राजन न्यौपानेले आफ्नो संस्थाले गरेको उक्त सम्मानको घोषणा गरेका हुन। बि. सं. २०७२ सालमा गएको बिनाशकारी भूकम्पले नष्ट गरेको धरहरा बनाउँनको लागि ध्रुबप्रसाद गजुरेलले धरहरा पुन: निर्माण अभियानलाई साहित्यिक अभियानसंग जोडेर धरहरा बनाउने कार्य सम्पन्न गरेको कुरा उल्लेख गर्दै धरहरा अभियन्ता ध्रुबप्रसाद गजुरेललाई धन्यबाद समेत दिए।
धरहरा अभियानसंग जोडेर उहाँले विभिन्न कार्यक्रमहरू र बिभिन्न प्रकारका अक्षयकोषहरू समेत घोषणा गरेको जानकारी गराउँदै।”उहाँ एउटा सफल अभियन्ता बन्न सफल हुनु भएको” भन्दै उहाँले गर्नु भएका बिभिन्न कार्यहरूको प्रशंसा गर्दै धरहरा अभियन्ता ध्रुबप्रसाद गजुरेल यस युगको “युग मानव” भएको हुनाले उहाँलाई आउँदो कार्यक्रममा विशेष उपाधी सहित सम्मान गरिने जानकारी गराए।
उक्त कार्यक्रमा विभिन्न साहित्यिक संस्थाका अध्यक्षहरू, विभिन्न बिषयमा बिद्यावारिधी गरिसकेका बिद्वानहरू, महिला अधिकारवाधीहरू सहितका साहित्यकारहरूको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रममा धरहरा अभियन्ता समेत रहेका ध्रुबप्रसाद गजुरेलले अचानक विशेष सम्मानको घोषणाले आफुलाई बेग्लै अनुभुति भएको भन्दै उक्त संस्थालाई हार्दिक धन्यबाद दिँदै छन्दमा लेखिएको भूकम्प दिवश शिर्षकको एउटा धरहरा विशेष कविता सुनाएका थिए ।
पछिल्लो समय गजल साधनामा लागेका गजलकार ध्रुबप्रसाद गजुरेलले गत बर्ष अमेरिका र नेपालबाट एकैसाथ प्रकाशन हुने अनलाइन पत्रिका साहित्यपोष्टमा दिएको धरहरा बिशेष अन्तर्वार्ता सर्वाधिक सेर भएको अन्तर्वार्ता हुन पुगेको थियो । उनि सन्देश बिधा, धरहरा सम्बत र सर्वाधिक चर्चामा रहेको घनु बहरका प्रबर्तक समेत हुन ।
उनले लक्ष्मी पुजाको दिन आफ्नै घरबाट नेपाली साहित्य धरहरा मेरो पहिचान फेसबुक लाइभ मार्फत साहित्य संगम नुवाकोटको लागि रू. ५ लाखको अक्षयकोष घोषणा गर्दै देउसी भलो कार्यक्रम संचालन गरेका थिए ।अहिले उक्त कोषमा झण्डै रू .७ लाख जम्मा भैसकेको कुरा साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीले बताइन।उनले यो कार्यको लागि साहित्यकार ध्रुबप्रसाद गजुरेललाई सफल अभियन्ता र पथ प्रदर्शक समेत हुनु भएकोमा धन्यबाद सहित शुभकामना दिएकि छिन ।
विभिन्न रोग लागेर उपचार हुन नसकेकाहरूको लागि समेत उनले ब्यक्ति बचाउँ अभियान संचालन गर्दै आएका छन ।यस्ता सहयोगहरू कुनै गोप्य र कुनै सार्बजनिक तरिकाबाट हुने गरेका छन् ।यस्तो कार्यक्रम चलाउदा उहाँले ब्यक्तिकै खातामा सहयोग जम्मा गर्न अनुरोध गर्ने गरेका थिए।
धरहरा पुन निर्माण अभियानको कार्यक्रम संचालन गर्दा पनि उहाँले धरहरा निर्माण कोषको सरकारी खातामा नेपाल र नेपाल बाहिरबाट लाखौं रकम जम्मा गराएर धरहरा निर्माणमा सहयोग जुटाएका थिए ।उहाँले धरहरा पुन निर्माण अभियानको लागि समर्पण गरेर लेखेको पुस्तक इतिहासमा बि. सं. २०७२ कविता सङ्ग्रह बिक्रिबाट मात्रै धरहराको खातामा झण्डै रू. ५ लाख जम्मा गराउन सफल भएका थिए ।
उहाँले धरहरा विशेष ३ गोटा पुस्तक प्रकाशन गरिसकेका छन भने एउटा गजल सङ्ग्रह प्रकाशोन्मुख अबस्थामा प्रेसमा रहेको छ। विभिन्न कारणले पछिल्लो समय निकै चर्चामा रहेका ध्रुबप्रसाद गजुरेल नेपाल भारत साहित्य अवार्ड लगायतका विभिन्न अवार्ड र पुरस्कारहरूबाट सम्मानित भैसकेका छन।