नुवाकोट /
जिल्लाको किस्पाङमा ट्रीफरको ठक्करबाट एकजनाको ज्यान गएको छ। किस्पाङ गाउँपालिका वडा नं १ भाल्चेबेशीमा सुर्य चन्द्र कन्ट्रक्सनको बागमती प्रदेश ३-०१-००३ क ७१८७ नम्बरको टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको हो।


दिउँसो १ बजे भएको उक्त दुर्घटनाबाट साल्मे निवासी टासी घलेको टाउकोमा किचेर मृत्यु भएको हो।
प्रहरी घटनास्थलमा पुगिसकेको र थप विवरण प्राप्त हुन बाँकी रहेको छ।

