नुवाकोट /
जिल्लामा मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा दुप्चेश्वरका एक युवक कपिलबस्तुबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटको दुपचेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिसिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।

प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार तामाङलाई कृष्णनगर नगरपालिका-२ लीङगेटबाट नियन्त्रणमा लिइएको हो।

काठमाडौंबाट झुक्याएर एक व्यक्तिलाई भारत लैजाँदै गर्दा तामाङलाई पक्राउ गरिएको उनले बताए।

उनलाई अदालतबाट म्याद थप गराएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x