सामरी भञ्ज्याङ नुवाकोट /
धादिङ जिल्लाको निलकण्ठ नगरपालिका -१४ कुपामा चौथो कुपाकप फुटबल तथा मिनिम्याराथन प्रतियोगिता हुने भएको छ।कुपा युवा समाजको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।

गत वर्षहरुमा जस्तै यसवर्ष पनि विजयादशमिको पावन अवसरमा उक्त प्रतियोगिता राखिएको हो।

प्रतियोगिता असोज २३ गते बुधबार देखि शुरु हुनेछ भने समापन कात्तिक १ गते हुने आयोजकले जनाएको छ।

प्रथम पुरस्कार ६६,६६६/- रुपैयाँ राखिएको छ त्यस्तै द्वितीय पुरस्कार ३३,३३३/- रुपैयाँ राखिएको छ भने प्रवेश शुल्क ६०००/- रुपैयाँ राखिएको छ।

यसैगरी कात्तिक १ गते १० किलोमिटर लामो मिनिम्याराथन समेत हुनेछ। जसमा प्रथम स्थान हासिल गर्नेले २२,०००/- तथा द्वितीय हुनेले ११,०००/- नगद पुरस्कार प्राप्त गर्नेछन भने प्रवेश शुल्क १,०००/- राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय