नुवाकोट /
जिल्लाको म्यागङ गाँउपालिकासहित देशभरका २१ गाउँपालिकालाई सम्मान नेपाली काँग्रेसले गरेको छ।
बिहिबार पार्टीको स्थानीय तह समन्वय विभागले एक कार्यक्रमकाबीच कम बेरुजु राख्न सफल भएकोमा म्यागङ गाउँपालिकालाई सम्मान गरेको हो।


कार्यक्रममा पार्टी सभापति एवम् पुर्व प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले म्यागङका उपाध्यक्ष सिता तामाङलाई स्थानीय तहको सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा अन्य उत्कृष्ट स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
आर्थिक वर्ष २०७९/०८० को महालेखा प्रतिवेदनअनुसार कम बेरुजु रहेका लगायतका आधारलाई उत्कृष्ट स्थानीयको रुपमा छनौट गरेको पार्टीले जनाएको छ।
