नुवाकोट /
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नुवाकोटमा सम्पन्न छैठौं अधिवेशनबाट जिल्ला अध्यक्षमा राम बहादुर सुर्खेती सर्वसम्मत निर्वाचित भएका छन्। शनिवार विदुरमा सम्मपन्न अधिवेशनले उनलाई सर्वसम्मत चयन गरेको हो।

संघको उपाध्यक्षमा आशिष कुमार मिजार, सचिवमा राजु मगराती, सह–सचिवमा श्याम बहादुर रोक्का, कोषाध्यक्षमा स्मृति नेपाली निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा बिक्रम नेपाली, संगम मिजार, सीता नेपाली, हिरादेवि सुनार, वीर बहादुर सुनार र सुरेश मिजार निर्वाचित भएका छन्।

निर्वाचित नयाँ कार्यसमितिलाई सपथ खुवाउदै संघका केन्द्रीय सदस्य मिना स्वर्णकारले दलित समुदायको पक्षमा जोडदार आवाज उठान र पालिका स्तरमा लक्षित वर्गको बजेट सहि तरिकाले वितरण भएको छ कि छैन ? अनुगमन गर्न आवश्यक निर्देशन दिइन् ।

राम सुर्खेती आफ्नो समुदाय प्रति चासो राख्दै सक्रिय राजनीतिमा लाग्दै एक सफल निर्माण व्यवसायी पनि हुन राशिका कन्स्ट्रक्सन मार्फत निर्माण को काम गर्दै आउनु भएको छ साथै अर्को व्यवसाय बाघ भैरम फ्लोरिङ एण्ड फर्निसिङ्ग सेन्टर पनि छ यसकारण उनी एक आफ्नो समुदायको इमानदार व्यक्ति र जिल्लामा सफल व्यवसायीको रूपमा चिनिन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय