दोहा, कतार/
कतारस्थित जनजाति मातृ संस्थाहरुको पदाधिकारीहरुको एक विशेष भेलाले २९ जुलाईमा इन्द्र तामाङकाे संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासंघ ‘युमा साम्यो महाशाखा’ कतारको ७ सदस्सीय तदर्थ समिति गठन गरेको छ । सदस्य सचिव चन्द्र ल्हेगे तमु, सदस्यहरू सुनिल कुमार मण्डल, रामचन्द्र माझी, चनिलाल राजवंशी, देवी थेगुवा लिम्बू र गजेन्द्र राई रहेका छन्।

कतारमा स्थापित जनजातिहरुको मातृ संस्थामा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतार, तमु पे ल्हु संघ शाखा कतार, नेपाली धानुक समाज कतार, राजवंशी समाज कतार ,माझी सेवा समाज कतार लगायतको संस्थाले प्रारम्भिक समितिको तयारी गरिएको बताइएकोछ । आगामी दिनमा अन्य आदिवासी संस्थालाई समेट्दै शाखा कतार स्थापना गरिने बारे संयोजक तामाङले बताएका छन्।

निकट भविष्यमा नै संस्थाले संघीय समिति संग स्वीकृती लिएर आधिकारिक शाखा स्थापना गरी पहिलो अधिवेशन गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x